प्रचण्ड र आरजुको भेट दिल्लीमा हुनु लज्जास्पद : विष्णु रिजाल

काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री पत्नी आरजु राणाबिच भारतकाे राजधानी दिल्लीमा भएकाे भेट लज्जास्पद भएकाे बताएका छन् ।
उनले उनीहरूबिच भएकाे भेटले २००७ सालमा राणा र कांग्रेसबिच दिल्लीमा भएकाे सत्ता बाँडफाँडकाे झल्काे दिएकाे रिजालकाे भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ ।’
त्यस्तै, उनले २०७३ मा केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको उल्लेख गर्दै याे दृश्य लज्जास्पद रहेकाे बताए ।
उनले यस्ताे दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएको समेत बताएका छन् ।









आरजु राणा देउवा ज्यु विरामी हुनुहन्छ,सोमबार अप्रेशन हुदैछ,विरामीलाई भेट्नु लज्जास्पद कि मानवियता!!???