फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ। शहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजिने बताएका छन् । शुक्रबार साँखुस्थित भगवती माध्यामिक विद्यालयमा आयोजित विद्यार्थीसँग मन्त्री कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सुन्दर र व्यवस्थित सहर निर्माणका लागि सबै सरोकारवाला पक्षको सुझाव संकलन गर्ने समेत बताए । उनले भने, ‘सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने कुरामा हामी तयार छौं । एकजुट बनेर मात्र विकास सम्भव छ ।’

मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले दिगो विकासलाई नयाँ पुस्तामा नयाँ चेतनाका साथ अघि बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय शहरीकरणको विषयलाई नकारात्मक रुपमा मात्र विश्लेषण गरिएको भन्दै शहरीकरणलाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =