आइतबार माेदीसँग भेट्दै प्रचण्ड, यस्ताे छ ३ दिनकाे भ्रमण तालिका

काठमाडाैँ । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच आइतबार बिहान भेटवार्ता हुने भएकाे छ । शुक्रबार अपराह्न भारतकाे राजधानी नयाँ दिल्ली पुगेका प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तयारी भएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
प्रचण्ड आइतबार भाजपा मुख्यालय पुग्नेछन् र भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटघाट गर्नेछन् । त्यसपछि उनी भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुनेछन् ।

यस्तै शनिवार उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव विनयमोहन क्वात्रासँग छुट्टाछुट्टै भेट्ने तय भएको छ ।
प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
यस्ताे भ्रमण तालिका;
शुक्रबार
♦ भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले होटल ताज मानसिंहमा शिष्टाचार भेट गर्ने
♦ नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भेटघाट
♦ नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी
शनिवार
♦ भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटघाट
♦ विदेश मन्त्री डा. एस जयशंकरसँग भेटघाट
♦ विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट
♦ फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी
♦ भारतका विदेशमन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट
आइतबार
♦ प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता
♦ भाजपा मुख्यालय भ्रमण
♦ भाजपा अध्यक्ष जे पी नड्डासँग भेटघाट
♦ भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी








