गठबन्धन भत्काउने प्रयास गरेको हो, भत्किएन : उपनेता नेम्वाङ
२०७९ असार ३१ गते

काठमाडौँ । नेकपा एमालेका सांसद तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्काउने काेसिस गरेकाे भएपनि नभत्किएकाे बताएका छन् ।
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएपछि पत्रकारसँग बाेल्दै उनले पाँच दलीय गठबन्धन दूषित रहेकाले भत्काउन चाहेकाे बताएका हुन् ।
उनले भने, ‘गठबन्धन भत्कियोस् भन्ने हाम्रो चाहना हो । यो दूषित गठबन्धन हो । संख्याको कुरा आश्चर्यको होइन । दूषित गठबन्धनलाई मिलेर भत्काउनुपर्छ । भत्काउने प्रयास गरेको हो, भत्किएन ।’
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








