श्रीलंकामा प्रधानमन्त्रीले लिए राष्ट्रपतिकाे शथप
२०७९ असार ३१ गते

कोलम्बो । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रवार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यवाहक राष्ट्रपतिको शपथ लिएका छन् । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रवार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रूपमा दिएको राजीनामा स्वीकृत भएको बताएका थिए ।
औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् । संसद्का सभामुख अबेवर्देनाले भने, “हो, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ, सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ ।”
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








