चुनावी तालमेलका क्रममा अपमान भयाे : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद्को चालू अधिवेशन अन्त्य हुने बित्तिकै आगामी निर्वाचनको मिति घोषणा हुनसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद्को चालू अधिवेशनपछि अब कुनै पनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुनसक्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

सङ्घ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरूप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुने गरी लाग्न पनि उनले निर्देशन दिए ।

उनले धेरै कारणकाबिच स्थानीय तहमा सबै स्थानमा जीत हासिल गर्न नसकेपछि आगामी निर्वाचनमा पार्टीले धेरै भन्दा धेरै सिट जित्ने दाबी गरे । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन महानगर र उपमहानगरबाहेकका स्थानमा प्रभावकारी रूपमा तालमेल हुन नसकेको बताए ।

आफ्नो पार्टीलाई तालमेलका क्रममा अपमानजनक व्यवहार भएको भन्दै आगामी निर्वाचनमा सबै गल्तीहरूलाई सच्चाएर अघि बढ्नुपर्ने उनको भनाई छ ।

बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =