विश्वराज पाेखरेलकाे आईजीपी बन्ने सपनामा लाग्याे पूर्णविराम !

काठमाडाैँ । सर्वाेच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेकाे छ ।

शुक्रबार अदालतले आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेकाे हाे । यससँगै पोखरेलको आईजीपी बन्ने सपनामा पूर्णविराम लागेकाे छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । साेही प्रकरणमा वरिष्ठता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हाे । यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =