भिभो वाई २० को मूल्य घट्यो, अब मात्र २०,९९९ मा पाइने

काठमाडौँ । ग्राहकको आवश्यकता पूरा गर्दै भिभोले आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४ जीबी प्लस ६४ जीबी भेरियन्टकाे मूल्य १८०० ले घटाएको छ ।

मूल्य घटेसँगै स्मार्ट फोनको अब २०,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरू र प्रविधिहरूको आनन्द लिन सक्ने भिभाेले जनाएको छ ।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपीबोकेह क्यामेरा र २ एमपीम्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपीबोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्बिरहरू खिच्न सक्नेछन् । वाई २० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरू पनि छन् ।

यसको साथै, वाई २०मा ५००० एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एक पटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीले जनाएको छ । ४ जीबी र्‍याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुनसक्ने छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न सक्नेछन् ।

भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरू मार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर सेवा थप गर्दै आइरहेको छ ।

भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरू प्रदान गर्ने गरेको छ । यसले गर्दा प्रयोगकर्ताहरूबाट भिभोले धेरै माया र समर्थन पाइरहेको कम्पनीले जनाएको छ । यसका साथै, ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जनसमेत गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *