नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

काठमाडाैँ  । प्रतिनिधि सभाबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिकाे नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएकाे छ ।

विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए । विधेयकमाथि बिहीवार र शुक्रवार दफावार छलफल भएको थियो ।

सरकारले वैवाहिक अंगीकृतमा मौन रहेर गैरआवासीय नागरिकतालाई समेटेर नयाँ विधेयक ल्याएको हाे । प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको हो ।

विधेयकले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =