मन्त्रिपरिषद्ले थप्याे सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको म्याद

काठमाडौँ । सकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरूकाे म्याद थपेकाे छ ।

शुक्रवार बसेकाे मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकाउमार्फत् दुवै आयोगका पदाधिकारीको म्याद थपेको हाे ।

त्यस्तै, मन्त्रिपरिषद्ले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेकाे छ । ऐन पारित नहुँदासम्म बाधा अड्काउ फुकाउमार्फत् दुवै आयोगका पदाधिकारीको म्याद थपिएकाे हाे । विधेयक आजै संसदमा दर्ता हुने कार्यक्रम रहेकाे छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरूको म्याद भोलिसम्म मात्र छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =