भारत जानुअघि प्रचण्डले भने- मेराे र आरजूकाे भ्रमणको उद्देश्य फरक-फरक हाे
२०७९ असार ३१ गते

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो र प्रधानमन्त्रीपत्नी आरजू देउवा राणाकाे भारत भ्रमणकाे मकसद एउटै नभएकाे प्रष्ट्याएका छन् । याे भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको र यसले भारतसँगकाे सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त गर्दै उनले यस्ताे बताएका हुन् । ‘उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ । मक्सद फरक–फरक हो । आजैमात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ । दिल्लीमा उहाँसँग भेट हुनसक्छ । तर, हाम्रो भ्रमणको मक्सद फरक–फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला,’ उनले भनेका छन् ।
उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








