हर्क-रविबीच भेटवार्ता, यी विषयमा भए कुराकानी
२०७९ असार ३१ गते

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच शुक्रबार राईकै कार्यकक्षमा भेटवार्ता भएकाे हाे ।
भेटमा लामिछानेले राईलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दै उनीप्रति जनताले धेरै अपेक्षा राखेकाे स्मरण गराए । ‘मलाई श्रमदानमा पनि सहभागी हुने मन थियाे,’ लामिछानेले भने, ‘तर सकिएछ ।’
उनले सहकार्य जारी रहनेसमेत बताए । आफ्नै कार्यकक्षमा लामिछानेलाई स्वागत गरेका राईले भने आफूलाई भेट्न आएकाेमा धन्यवाद दिँदै सहकार्यका ढाेकाहरू खुलै रहेकाे बताए ।
राई स्थानीय तह सदस्य निर्वाचन २०७९ मा स्वतन्त्ररूपमा धरानका प्रमुखमा निर्वाचित बनेका हुन् ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








