‘सुन मान्छे’का रुपमा चिनिएका ठेकदार मुक्का हानेको आरोपमा पक्राउ

काठमाडाैँ । सुन मान्छेको नामले चिनिएका ठेकेदार सुवास घिसिङ विरुद्ध बुधबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि आक्रमण गरेर टाउको फुटाएका घिसिङविरुद्ध ज्यान मार्ने उद्योगमा जोहरी दर्ता भएको हो ।

असार २७ गते दिउँसो वागमती नदीभित्र हुने अनधिकृत कामको बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठमाथि एक्कासी आक्रमण गरेर टाउको फुटाएदिएपछि घिसिङलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । श्रेष्ठको टाउकोमा दुई टाँका लगाइएको छ भने टाउकोको पछाडिपट्टि पनि चोट लागेको छ ।

श्रेष्ठसँगै अनुगमनमा गएका तीन जनामध्ये भोली ढुंगानाले घिसिङले ज्यान मार्ने गरी आक्रमण गरेको जाहेरीमा उल्लेख गर्नुभएको छ । जोहरीमा ढुंगानाले भन्नुभएको छ–‘म र निरज भुजेलले तत्काल हस्तक्षेप गरी घिसिङबाट नछुटाएको भए ज्यान मार्ने निश्चित थियो, हाम्रो कारणले मात्र श्रेष्ठलाई बचाउन सम्भव भएको हो ।’ जाहेरीमा आक्रमण गर्ने घिसिङलाई हदैसम्म कैद र जरिवानाको माग गरिएको छ ।

आयोजनाको काम नै अवरोध पु-याउने गरी अनाधिकृत रूपमा फोहोर संकलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको तर घिसिङले दादागिरी देखाउँदै समितिको पत्राचारलाई अटेर गरेको समितिले बताएको छ । -नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =