नागरिकता विधेयकबारे एमाले सांसदको अभिव्यक्तिप्रति विरोध खतिवडाको नियमापत्ति

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् ।

नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्ने विधेयकमाथि छलफलका क्रममा एमाले सांसद पोखरेलले सैनिक तथा प्रहरी जुंगा भएकाले आफूले जन्माएका सन्तानलाई नागरिकता दिन नचाहने, भाग्ने, लुक्ने भन्ने शब्द प्रयोग गरेको भन्दै नियमापत्ति जनाएका हुन् ।

सांसद खतिवडाले एमाले सांसद पोखरेलको अभिव्यक्ति नेपाल प्रहरी र नेपाली सेनाको मानमर्दन गरेको बताउँदै सो सामाजिक सद्भाव बिथोल्ने खालको रहेको टिप्पणी गरे । उनले उक्त शब्दहरु घातक रहेको भन्दै यस्ता अभिव्यक्तिले समाजमा दूरगामी असर पार्ने समेत बताए ।

उनले सांसद पोखरेलले बोलेका उक्त शब्द संसदको रेकर्डबाट हटाउन समेत सभामुख अग्निप्रसाद सापकोटा समक्ष माग गरे । सभामुख सापकोटाले उक्त अभिव्यक्तिमाथि विचार गरिने तथा हटाउने खालको देखिए हटाइने समेत आश्वासन दिएका थिए । उद्यपि उक्त शब्दहरु प्रतिनिधि सभाको आधिकिारिक युट्युब च्यानलमा भने जस्ताको त्यस्तै अपलोड गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =