जसपा विवाद प्रकरण : उपेन्द्र पक्षद्वारा बाबुरामसहित ९ नेता निष्कासित
२०७९ असार ३० गते

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादले उग्ररुप लिएको छ । जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ९ नेतालाई हटाएको छ ।
यादव पक्षको वीरगन्जमा बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष डा भट्टराईसहित गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पार्टीबाट निष्कासन गरेको हो ।
पार्टी अनुशासन उल्लङ्घनको आरोपमा ९ नेतालाई दिएको जिम्मेवारीबाट हटाउने निर्णय भएको यादव पक्षका एक नेताले बताए । बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








