श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर अवतरण

सिङ्गापुर। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर आइपुगेका छन् । उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर आएका स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनको गन्तव्य सिङ्गापुर नै हो वा  अन्यत्र भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिङ्गापुर आएका छन्।

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ । सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =