कञ्चनपुरका स्थानीय तहमा ३१ करोड बढी बेरुजु

धनगढी । आर्थिक वर्ष २०७७र७८ मा कञ्चनपुरका ९ स्थानीय तहमा ३१ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७र७८ मा ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ ।

जिल्लाको सबैभन्दा बढी बेरुजु रकम भिमदत्त नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १० करोड २४ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम बेल्डाँडी गाउँपालिकामा ४८ लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै लालझाडी गाउँपालिकामा ५८ लाख ५६ हजार, शुक्लाफाँटा नगरपालिका १ करोड २९ लाख ५८ हजार, पुनर्वास नगरपालिकामा २ करोड ३५ लाख ८१ हजार रकम बेरुजु देखिएको छ ।

यस्तै दोधारा चाँदनी नगरपालिकामा ३ करोड १२ लाख ३५ हजार, बेदकोट नगरपालिकामा ३ करोड ८३ लाख ६३ हजार, बेलौरी नगरपालिकामा ३ करोड ९८ लाख ५६ हजार र कृष्णपुर नगरपालिकामा ५ करोड २३ लाख ६८ हजार बेरुजु देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *