दुबई पठाइदिन्छु भनी ठगी गर्ने १ जना पक्राउ

काठमाडौँ । दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोग १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका ९ घर भएका २७ वर्षीय विकास थापा रहेकाे प्रहरीले जनाएकाे छ ।
उनले दुबई लैजाने भन्दै २ जनाबाट ११ लाख रुपैयाँ ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।
उनले दुबई जना प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने भन्दै २ जनाबाट ११ लाख रुपैयाँ उठाएका थिए ।
रकम उठाएर सम्पर्कविहीन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका ३ वसुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।








