माओवादीकाे माग- एम अधिकारी यी हुन् भन्नेबारे विश्वसनीय कागजात चाहिन्छ (भिडिओसहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे राजीनामा माग गरेकाे छ । विधि र नैतिक मूल्य चुकाउन नहुने माओवादी नेताहरूकाे तर्क छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता नारायणकाजी श्रेष्ठले भनेका छन्— विधि र नैतिक मूल्यकाे कुरा हुन्छ । अरुलाई मात्रै भन्ने, आफूले गर्नुपर्‍याे भनेचाहिँ तर्क र ढाँटछल गर्न खाेज्ने, यसरी कहाँ हुन्छ ।’

उनले त्यसअघि भने— ‘हाम्राे राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । जाे एमालेकाे अर्थ तथा याेजना विभागमा २०७३ सालमै सदस्य हुनुहुन्थ्याे । जाे अहिले त्यही मान्छे एम अधिकारीका रूपमा रूपान्तरित हुनुभयाे भन्ने चर्चा छ । सबैकाे बुझाइ पनि यही नै छ । ७३ सालमाचाहिँ हुने र अहिले त्यही जिल्लाका त्यही विभागमा हुँदा बाहिर मान्छे एउटै हाे भन्ने हल्ला छ । अब यहीबारेमा जनतालाई विश्वस्त कागजात चाहियाे ।’

विवाद र अन्याेल छाएपछि गभर्नरले राजीनामा दिन राम्राे हुने भनाइ उनकाे छ । बिहीबार राष्ट्रिय सभा बैठकमा भाग लिँदै उनले भने— ‘विवाद छ, अन्याेल छ । अब यति भइसकेपछि उहाँले राजीनामा नै दिँदा राम्राे हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =