भृकुटीमण्डप आगलागीबारे मन्त्रीकाे आशंका : घटना नियाेजित हुनसक्छ !

काठमाडौँ । सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्ने भएको छ ।

बिहीबार आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताएकी हुन् ।

उनले गोदाममा विद्युत्को प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशङ्का व्यक्त गरिन् । आगलागीबाट करोडौँको क्षति भएको र आवश्यक कागजपत्र लगायतका सामाग्री नष्ट भएको उनले बताइन् । आगलागीको घटनामा संलग्नलाई कारबाही गर्ने उनले बताए ।

बुधवार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरूपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =