गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माओवादीको माग

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेकाे छ ।

बिहीवारकाे राष्ट्रियसभा बैठकमा बाेल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाउँदै २०७३ मा महाप्रसादका रूपमा रहेका  अधिकारी अहिले एम अधिकारीका रूपमा रहेकाे बुझाइ रहेकाे भन्दै गभर्नरले राजीनामा दिनुपर्ने माग गरे ।

त्यस्तै उनले भने, ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर गर्नुपर्‍यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनामा दिनुपर्थ्यो ।’

उनले एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले यसकाे खण्डन नगरेकाले अधिकारीले राजीनामा दिनुपर्ने माग राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *