उपसभामुख निर्वाचन : एमालेकाे समर्थनमा मनाेनयन दर्ता गराउने तयारीमा लाेसपाकी चन्दा चाैधरी

काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद चन्दा चाैधरीले प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि मनाेनयन दर्ता गराउने तयारी गरेकी छन् । लाेसपा नेता केशव झाकाअनुसार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) काे समर्थनमा चाैधरीले मनाेनयन दर्ता गराउन लागेकी हुन् । नेता झाले भने— ‘एमालेकाे प्रस्तावै त्यही छ । नेताहरूले कि तपाईंहरूले दर्ता गराउनुस् हामी समर्थन गर्छाैँ, कि हामी गर्छाैँ तपाईंहरूले समर्थन गर्नुस् भन्नुभएकाे छ । त्यसाे हुँदा गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेकाे छ अहिले ।’

यसअघि गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनाेनयन दर्ता गराइसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *