उपसभामुख निर्वाचन : गठबन्धनकाे तर्फबाट कांग्रेसकी पुष्पा भुसालले गराइन् मनाेनयन दर्ता (तस्बिरसहित)

काठमाडाैँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मनाेनयन दर्ता गराएकी छन् । भुसालकाे प्रस्तावकमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चाैधरी छन् ।

संसद् सचिवालयकाअनुसार मनाेनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म गराउन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *