सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन् । सांसद मल्लले पेश गरेको राजीनामा पत्र प्रदेश सभामा सभामुख अर्जुनबहादुर थापाले स्वीकृति गरेपछि उनी पदमुक्त भएका हुन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले मल्लले असार १३ गते पठाएको पत्र पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरे । मल्लले आफू आबद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै प्रदेश सभामा पत्र पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *