गोरखामा पहिरोले ८ घर पुरिए, ४० घर जोखिममा

पोखरा । गोरखामा गाउँ माथिबाट खसेको पहिरोले ८ घर पुरिएका छन् । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा पहिरोले ८ घर पुरिएका हुन् । थप ४० घर जोखिममा परेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार स्थानीयहरूले नजिकै पाल टाँगेर बसिरहेका छन् । गाउँमाथिबाट पहिरो झरेपछि बस्ती बगाएको हो । घरहरू भएको ठाउँको दुईतिरबाट पहिरो झरेको स्थानीयले बताएका छन् । बुधबार दिनभर अविरल वर्षा भएको थियो ।

यो ठाउँमा पनि २०५४ सालको जेठ २८ र २०५५ असार गएको थियो । संरक्षण पछि रोकिए पनि अहिले पुरानै जमिन चलेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *