प्रतिनिधिसभाका उपसभामुखकाे निर्वाचन शुक्रवार हुने

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने जानकारी गराएका हुन् । उनले निर्वाचनको कार्यक्रम प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रवार दिउँसो ३ बजेका लागि तय गरिएको छ । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =