माैद्रिक नीतिबारे गभर्नरलाई सुझाव दिँदै गगनले भने – सुझाव एमाले अर्थ योजना विभागका एम. अधिकारीलाई होइन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यङ्ग्य गरेका छन् ।

प्रतिनिधि सभाकाे शून्य समयमा बोल्दै सांसद थापाले गभर्नरमाथि व्यङ्ग्य गरेका हुन् । उनले मौद्रिक नीतिबारे विभिन्न कुराहरू सुझाउँदै मौद्रिक नीतिले अर्थतन्त्र सुधारिनुपर्ने धारणा राखे ।

सुझावकाे अन्त्यमा सांसद थापाले गभर्नर अधिकारीलाई व्यङ्ग्य हान्दै भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु । धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =