अलग्गिए उपेन्द्र र बाबुराम
२०७९ असार २९ गते

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहको बैठक आजबाट मधेश प्रदेशको पर्साको वीरगन्जमा बस्दैछ ।
यादव बैठकका लागि हिजै वीरगन्ज पुगिसकेका छन् । वीरगन्जको बैठकको लागि वरिष्ठ नेता अशोक राई पनि पुगिसकेका छन् ।
काठमाडौँमा मंगलबारबाट जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूहको बैठक जारी छ । बाबुरामले जसपा नफुट्ने तर यादवसमूहले एकलौटी गरेकाले आफूहरूले बैठक बोलाएको बताएका छन् ।
यादव समूहले जसपाको आधिकारिक बैठक वीरगन्जको बैठक रहेको बताएको छ । यादव समूहको बैठक भोलिसम्म चल्ने छ भने भट्टराई समूहको बैठक भने आजै सकिने कार्यसूची छ ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








