इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित

काठमाडाैँ । काठमाडौँको कमलपोखरीस्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत स्पेसलाइज बीएससी (एचओएनएस) कम्प्युटिङ, बीएससी (एचओएनएस) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, एण्ड बीएससी (एचओएनएस) मल्टिमिडिया टेक्नोलोजीजका ५ सय २ जना विद्यार्थी सहभागि भएका छन् । दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएससी (एचओएनएस) कम्प्युटिङ, बीएससी (एचओएनएस) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, एण्ड बीएससी (एचओएनएस) मल्टिमिडिया टेक्नोलोजीजका विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दीक्षित भएका छन् ।

सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी तह पुरा गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागि थिए। कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन । यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो ।

कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो। कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने जनाएको छ । समारोहमा सन् २०२० बिजनेस डीग्री बीए (एचओएनएस) विषयमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा बिजनेस एडमिनिस्ट्रेसन एण्ड एमबीएमा तह पुरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भएका छन् ।

कलेजलेसोमबार र मंगलबार दुई दिनसम्म दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ द एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइजीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट भएको बताए ।

दिक्षान्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्याङकिङमा परेको यस कलेजमा उत्तिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए । दुई वर्षपछि दिक्षान्त समारोहमा सहभागि हुन पाउन विद्यार्थीहरु खुसी देखिएका थिए ।

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेज मध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बीबीए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टिमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको छ । त्यस्तै बिजनेस अन्तर्गत इन्टरनेसल बिजनेस, मार्केटिङ एण्ड फाइनान्स विषय सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *