सरकारको हतियार किन्ने निर्णयविरूद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू)
२०७९ असार २८ गते

काठमाडौं । सरकारको हतियार किन्ने निर्णयको विरोधमा एमाले निकट युवा संघले नयाँ बानेश्वरमा मसालसहित प्रदर्शन गरेको छ । देशमा विदेशी मुद्राको संचिति न्यून रहेका बेला कमिसनको चक्करमा सरकारले हतियार किन्न लागेको उनीहरूको आरोप छ ।
मसाल जुलुसका क्रममा हस्तक्षेप नगरेको पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । यद्यपि युवा संघका नेता र प्रहरी बिचको छलफल बीच स्थिति सामान्य बनेको थियो ।
तस्बिरहरू…













२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








