के गर्दैछ जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समिति ?

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समितिकाे पहिलाे बैठकले कार्यविधि पारित गरेकाे छ ।

सिंहदरबारमा बसेकाे पहिलाे बैठकले छलफल गर्दै कार्यविधि पारित गरेकाे हाे ।

यद्यपि, समितिले सभापति भने चयन गर्न सकेन । समितिका सदस्यहरूले सकभर सर्वसम्मतिबाट सभापति चयन गर्ने भनेपछि आजको बैठकले सभापति चुन्न नसकेकाे हाे ।

समितिले छानबिनका क्रममा आवश्यक पर्ने कागजातहरू अर्थमन्त्रालयबाट मगाउन समेत भनेकाे छ ।

समितिको अर्को बैठक बुधबार पुनः बस्ने संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन बनेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =