सम्पर्कमा आएनन् न्यायाधीशलाई घुस अफर गर्ने वकिल
२०७९ असार २८ गते

काठमाडाैँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई घुसको अफर दिने अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेल अझै सम्पर्कमा नआएकाे कानुन व्यवसायी परिषद्ले जनाएकाे छ ।
उनी सम्पर्कमा नआएपछि परिषद्ले सार्वजनिक सूचना निकाल्ने तयारी थालेकाे छ । असार ९ गते बसेको परिषद् बैठकले घुस प्रकरणमा मुसिएका पोखरेललाई एक साताभित्र स्पष्टीकरण सोधेकाे थियाे तर साे निर्णय भएकै दिनबाट पाेखरेल सम्पर्कविहीन रहेकाे परिषद्ले जनाएकाे छ ।
परिषद्ले पटकपटक उनको नाममा म्याद तामेलीको प्रयास गरेपछि उनी सम्पर्कमा आएका छैनन् ।
उनले न्यायाधीशलाई १ करोड घुसको अफर गरेका थिए । साेही प्रकरणमा उनलाई कानुन व्यवसायी परिषद् ऐनअनुसार किन कारबाही नगर्ने भनी परिषद्ले स्पष्टीकरण सोधेकाे हाे ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








