बाबुराम भन्छन्- मेराे काेसिस जसपालाई नै सही अर्थमा रूपान्तरण गर्ने हाे

उपेन्द्र समूहकाे वीरगञ्जमा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडाैँ । जनता समाजावदी पार्टी [जसपा] का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे काेसिस जसपा रूपान्तरणमै रहेकाे बताएका छन् । केन्द्रीय समिति बैठक शुरू हुनुपूर्व मकालुखबरसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘सबैभन्दा पहिले त जसपालाई नै सही अर्थमा रूपान्तरण गर्न कोसिस गर्नेछौँ । त्यसपछि मात्रै विकल्पमा अरु साेच्नेछाैँ ।

आजदेखि शुरू भएकाे बैठकमा सबै धार र तत्कालीन दलका नेताहरू रहेकाे पनि उनले बताएका छन् । ‘अब शुरू हुने बैठकमा हामी सबै छाैँ । मधेशी जनाधिकार फोरम, संघीय समाजवादी फोरम, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी, मार्स्कवादी पार्टी; हामी विगतमा कहाँ-कहाँबाट जाेडिएका हाैँ । हामी सबै छाैँ । तर प्रयास त फेरि पनि जसपालाई नै सही तरिकाले रूपान्तर हाे । त्यसमा हामी भरपूर काम गर्नेछाैँ ।’

यदि याे सम्भव भएन भने के गर्नुहन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘त्यसकै लागि त विस्तारित बैठक शुरू भएकाे छ । त्यसमा साथीहरूकाे धारणा पनि सुन्नेछाैँ र अगाडि बढ्नेछाैँ । छलफलमा देशैभरका साथीहरू हुनुहुन्छ । उहाँहरूकाे सल्लाह तथा सुझावलाई पनि विशेषरूपमा लिनेछाैँ ।’

उनले उपेन्द्र यादवजीले नेतृत्व गरेको समूह बढी संकीर्ण भएकाे आराेपसमेत लगाए । ‘उहाँले नेतृत्व गर्नुभएकाे समूहचाहिँ बढी स्वेच्छाचारी र संकीर्ण भयाे । तैपनि हामीले पुन: सही अर्थमा रूपान्तरण गर्ने काेसिस गर्नेछाैँ,’ उनले भनेका छन् ।

उपेन्द्र पक्षले पनि समानान्तर बैठक आह्वान गरेकाे छ । उसले आजै केन्द्रीय कार्यणकारिणी बैठक वीरगञ्जमा बाेलाएकाे छ भने भाेलिबाट साेही ठाउँमा केन्द्रीय समितिकाे विस्तारित बैठक बस्नेछ ।

बाबुराम-उपेन्द्रबीच यसअघि नै छुट्टिने सहमति भइसकेकाे छ । कतिपयले यही समानान्तर बैठकबाटै उनीहरू अलग भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *