सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओ र ओलीबीच भेटवार्ता

काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच ओलीनिवास बालकाेटमा भेटवार्ता भएकाे हाे ।

नेता विष्णु रिजालकाअनुसार लिउ-ओलीबीच समसामयिक अन्तर्राष्ट्रिय राजनीति, दुईदेशीय सम्बन्धलगायतका विषयमा छलफल भएकाे हाे ।

यसअघि लिउले प्रधानमन्त्री शेबरहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरिसकेका छन् । अब उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *