जडिबुटीमा बाबुराम पक्षको छुट्टै भेला

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । भट्टराईले बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

अर्का अध्यक्ष यादवले भने असार बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *