जिसस र प्रदेशको विपक्षमा गोकुल बाँस्कोटा

काठमाडाैँ । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटा जिल्ला समन्वय समिति (जिसस) र प्रदेशको विपक्षमा देखिएका छन् । उनले सामाजिक सञ्जालमार्फत शक्तिशाली स्थानीय तह भएपछि जिसस र प्रदेश नचाहिने तर्क गरेका हुन् ।

राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनुपर्ने बाँस्कोटाको भनाई छ ।

‘एक/दुई सङ्घीयताका फण्डीते पण्डितका गुनासो सुनियो । यो गयो भने खतमै हुन्छ रे ! तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सिट थपेर राष्ट्रिय समावेशी सभा बनाऔँ र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्रको बनाऔँ । अग्रगामी कदम नै यही हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *