दुई आवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार (मन्त्रिपरिषद्को) सिफारिसमा इजिप्ट र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ, कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *