धाेबीखाेलामा फाेहाेर फाल्नेलाई काठमाडाैँ महानगरले लगायाे २५ हजार जरिबाना

काठमाडाैँ । काठमाडाैँको रातोपुल आसपासबाट धाेबीखाेलामा फाेहाेर फाल्ने कम्पनीलाई  काठमाडाैँ महानगरपालिकाले २५ हजार जरिवाना गरेकाे छ ।

साेमवार बिहान उक्त कम्पनीले डाेजर लगाएर खाेलामा फोहोरको थुप्रो फाल्दै गरेकाे दृश्य सार्वजनिक भएपछि महानगरले कारबाहीस्वरूप कम्पनीलाई २५ हजार जरिबाना गरेकाे मेयर बालेन शाहले जानकारी दिए ।

मेयर बालेनले भने, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चीस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।’

त्यस्तै, उनले यस्ता किसिमका कार्य गर्नेलाई सार्वजनिक गर्न र महानगरसम्म ल्याइदिनसमेत अनुराेध गरेका छन् ।

‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ’, उनले भने, ‘आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =