सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओ र प्रचण्डबीच भेटवार्ता
२०७९ असार २७ गते

काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी [सीपीसी] का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएकाे छ । उनीहरूबीच प्रचण्डनिवास खुमलटारमा साेमबार अपराह्न भेटवार्ता भएकाे हाे ।
भेटमा समसामयिक राजनीतिक विषयवस्तु र दुई देशबीचकाे सम्बन्धबारे कुराकानी हुने बताइएकाे छ ।
लिउले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । यस्तै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








