मेलम्ची पानी प्रशोधन केन्द्रमा बन्ने भयाे किसुनजीकाे सालिक

काठमाडौँ । मेलम्ची पानी प्रशोधन केन्द्रमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सालिक बन्ने भएको छ ।

भट्टराईको सालिक मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको हो । सोमबार खानेपानी मन्त्री उमाकान्त चौधरीले भट्टराईको पूर्ण कदको सालिकको शिलान्यास गरेका हुन् ।

सो अवसरमा खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री बनेका स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिको रूपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको स्मरण गर्दै किसुनजीजस्ताे त्यागी राजनेता पाउन कठिन भएको बताए ।

काठमाडौँको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किशुनजीको सपना पूरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको सालिकको उद्घाटन वर्तमान सरकारकै पालामा हुने बताए ।

उनले एसियाली विकास बैङ्कको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आएबमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्रस क्षेत्रको मर्मत सम्भार गरी स्थायी रूपमा मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =