कमिसनको लोभमा सरकारले प्रहरीलाई हरियार किन्न थाल्याे : सांसद सिलवाल
२०७९ असार २७ गते

काठमाडौँ । प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवाले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताए ।
उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरूप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए । हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क गरे ।
सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरेपनि एमालेले विरोध जनाएको हो ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








