एमालेको अपानि : गठबन्धनबाट कांग्रेसले लाभ लियो, जनमत एमालेको बढ्यो

काठमाडौँ । नेकपा एमालेले पाँच दलीय गठबन्धनबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिएको जनाएको छ । एमालेले कांग्रेसको तुलनामा स्थानीय पालिकाको सिट सङ्ख्या कम आए पनि जनमत बढेको जनाएको छ ।
नेकपा एमालेले पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कांग्रेसभन्दा जनमतको हिसाबले एमाले ठूलो पार्टी बनेको दाबी गरेको छ ।
७५३ वटै स्थानीय तहको निर्वाचन परिणाम आइसकेपछि नेकपा एमालेले अपानि जारी गर्दै कांग्रेसले प्रमुख पदमा केही बढी जिते पनि एमाले जनमतको हिसाबले ठूलो पार्टी बनेको निष्कर्ष निकालेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेलाई हराउन मात्र भूमिका खेलेको एमालेको आरोप छ ।
एमालेले माओवादी केन्द्रको जनमत घटेको र एसले एमालेलाई हराउने मात्र मत पाएको दाबी गरेको छ । एमालेले कुल विजयी सिटमध्ये २० प्रतिशत मात्र एक्लै प्रतिस्पर्धाबाट जीत हासिल गरेको कांग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भएको जनाएको छ ।
एमाले अपानिको पूर्णपाठः








