कांग्रेस महामन्त्री विश्वप्रकाश भन्छन्- ओलीकाे पालामा गलत हुने कुरा देउवाकाे पालामा पनि गलत हुन्छ
२०७९ असार २७ गते

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन खाेज्नु गलत भएकाे बताएका छन् । उनले आफ्नाे आधिकारि ट्वीटरमार्फत् भनेका छन्, ‘ओलीकाे पालामा जो गलत, देउवाको पालामा पनि गलत; यसमा हामी प्रष्टै छाैँ ।’
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् । उनले प्रश्न गरेका छन्— ‘तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुखद् छ ।’
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन् गर्दै भनेका छन्— प्रधानमन्त्रीज्यूकाे गम्भीर ध्यानाकर्षण हाेस् ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








