कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको छ ।

यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =