बुढीगंगामा कुन वडामा कसले कति मत ल्याए ? (अन्तिम नतिजा)

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ ।

बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो । मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा माया कुमारी खड्का (कुवँर) विजयी भए । बानियाँले ४,७७७ मत तथा कुवँरले ४,७२७ मत ल्याइन् ।

कसले कुन वडा जिते ?

एमाले निर्वाचित भएका वडा :
वडा नम्बर १
रण वहादुर थापा (एमाले) : ४१६ (निर्वाचित)
लोगबहादुर थापा (कांग्रेस) : ३५८

वडा नम्बर २
पदमबहादुर भण्डारी (एमाले) : ८३८ (निर्वाचित)
नरबहादुर थापा (कांग्रेस) : २३५

वडा नम्बर ३
खडकबहादुर अधिकारी (एमाले) : ५२५ (निर्वाचित)
गोरखबहादुर रौले (कांग्रेस) : २१९

वडा नम्बर ५
चक्रबहादुर थापा (एमाले) : ४९६ (निर्वाचित)
खडगबहादुर थापा (कांग्रे) : ३०५

वडा नम्बर ६
हेमराज जैशी (एमाले) : ४१२ (निर्वाचित)
बलबहादुर थापा (कांग्रेस) : ३५३

वडा नम्बर ९
मिनबहादुर सिंह (एमाले) : ४८२ (निर्वाचित)
भरतबहादुर थापा (एकीकृत समाजवादी) : २९३

वडा नम्बर १०
दलबहादुर सावद (एमाले) : ५४८ (निर्वाचित)
मोहनबहादुर बुढा (कांग्रेस) : ४९१

कांग्रेस निर्वाचित भएका वडाहरू :
वडा नम्बर ४
मीनबहादुर शाह (कांग्रेस) : ८४० (निर्वाचित)
प्रकाशबहादुर रावल (एमाले) : १८२

वडा नम्बर ७
भवनसिंह केसी (कांग्रेस) : ३८१ (निर्वाचित)
मन्नामे बिस्ट (एमाले) : ३४२

वडा नम्बर ८
रमेशबहादुर रावल (कांग्रेस) : ३५९ (निर्वाचित)
विराज रावल (एमाले) : ३०१

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *