थप १२१ जनामा काेराेना संक्रमण, ६७८ आइसाेलेसनमा

काठमाडाैँ । नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाई छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =