सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी [सीपीसी] का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे । भेटमा समसामयिक राजनीतिक विषयवस्तु र दुई देशबीचकाे सम्बन्धबारे कुराकानी हुने बताइएकाे छ ।

लिउले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । यस्तै  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ६ सदस्यीय चिनियाँ टोली लिएर आएका लिउ एअर चाइनाको विमानबाट आज बिहान पौने ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *