नेपालमा संगठित रूपमा धर्म परिवर्तन भइरहेकाे कमल थापाकाे भनाइ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार काठमाडौँमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनी संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रूपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन् ।

उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखे । नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिवर्तनमा राप्रपाको कुनै आपत्ति नरहेको उनले बताए ।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहरेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *