प्रधानमन्त्री पत्नी आरजु नयाँदिल्लीमा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा नयाँदिल्ली पुगेकी छन् ।

राणा नेपाल एयरलाइन्सको विमानबाट आइतबार दिउँसो भारतकाे राजधानी नयाँदिल्ली पुगेकी हुन् ।

उनी नियमित स्वास्थ्याेपचारका लागि नयाँदिल्ली गएकाे भारतस्थिति नेपाली दूतावासले जनाएकाे छ ।

आरजु पछिल्लो पटक गत जेठ २८ गते पनि नयाँ दिल्ली पुगेकी थिइन् । उनले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा स्वास्थ्य उपचार गराउने गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *