देव गुरुङ भन्छन्- एमालेसँग तत्काल सहकार्य हुँदैन (भिडिओसहित)

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] का नेता देवप्रसाद गुरुङले तत्कालका लागि एमालेसँग सहकार्यकाे सम्भावना नरहेकाे बताएका छन् । आइतबार संवाद डबलीमा आयाेजना गरिएकाे कार्यक्रममा बाेल्दै गुरुङले भने, ‘अहिल्यै काेलिसन बदल्नुकाे औचित्यता र आवश्यकता देखिँदैन । एमालेसँग तत्काल सहकार्य हुने सम्भावना छैन ।’

एमालेसँग गम्भीर आत्मसमीक्षा नभइसकेकाे र गठबन्धनभित्र पनि गम्भीर प्रकारका भूलहरू नभएकाले गठबन्धन बदल्नुपर्ने अवस्था नरहेकाे उनकाे भनाइ छ । ‘प्रतिपक्षसँग निश्चितरूपले सहकार्य नै हुँदैन भन्ने त हुँदैन । गम्भीरतापूर्वक आत्मसमीक्षा भएकाे अवस्थामा भाेलि सहकार्य हुन सक्छ । तर, अहिल्यैचाहिँ आत्मसमीक्षा नभइसकेकाे अवस्था भएकाे हुनाले अहिले नै काेलिसन बदल्नुपर्ने खालकाे स्थिति देखिँदैन । सत्तारुढ घटकभित्र पनि गम्भीर प्रकारका भूलहरू भएकाे अवस्था भएकाे भए विक्लप के खाेज्ने भन्ने कुरा आउँथ्याे,  तर सत्तारुढ घटकभित्र पनि अहिलेसम्मकाे सन्दर्भमा राष्ट्रियताकाे मुद्दामा, डेमाेक्रेसीकाे मुद्दामा गम्भीर प्रकारका भूलहरू भएकाे देखिँदैन । त्यसैले अहिले माओवादीले गठबन्धन बदल्दैन,’ उनले भनेका छन् ।

उनले अहिल्यै एमालेसँग सहकार्य गर्नुकाे कुनै औचित्य नरहेकाे पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *